सिटी होटलको हकप्रद शेयरमा आवेदन खुला
वि.सं.२०८२ भदौ २३ सोमवार ११:२७
shares

काठमाडौं, २२ भदौ । सिटी होटल लिमिटेडले सोमबारदेखि हकप्रद शेयरमा आवेदन खुला गरेको छ। कम्पनीले १ सय बराबर ८० को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। सो पूँजीको ८० प्रतिशत बराबर १ अर्ब ३३ करोड रुपैयाँ हकप्रद शेयरमार्फत जुटाउने लक्ष्य कम्पनीले लिएको छ।
हकप्रद शेयरमा साउन २६ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।

















