Dhulikhel Eco Banner new

दोर्दीखोला जलविद्युतको आईपीओ आज बाँडफाँड हुँदै

4.75K
shares

काठमाडौं, ८ असार । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटको कार्यालयमा बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो । यसमा केहि आवेदन रद्द भएका छन् । यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८.८९ गुणा बढी हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म एक सय रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको थियो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।