Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब १२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.67K
shares

काठमाडौं, ८ असोज । शेयर बजारमा ४ अर्ब १२ करोडको कारोबार हुँदा युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २२ करोड १३ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी सीईडीबी होल्डिङ्सको १२ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको ११ करोड ३ लाख रुपैयाँ कारोबार भएको छ ।