विद्युत् निर्यातबाट असोजसम्म १५ अर्ब आम्दानी
वि.सं.२०८२ असोज २१ मंगलवार १२:५३
shares

काठमाडौं, २१ असोज । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ।
प्राधिकरणका अनुसार देशभित्र खपतपछि बाँकी रहेको विद्युत् दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको छ। भारतको प्रसारण संरचना प्रयोग गर्दै बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् पठाइँदै आएको छ।
भारतसँगको विद्युत् व्यापार भारतीय रूपैयाँ ९भारू० मा हुने गरेको छ भने बंगलादेशसँगको कारोबार अमेरिकी डलर मा भइरहेको छ। यसबाट नेपाल सरकारलाई दुवै विदेशी मुद्रामा आम्दानी भइरहेको प्राधिकरणले जानकारी दिएको छ।



















