शेयर बजारमा ५८ अंकको पहिरो, २३५ कम्पनीको शेयर मूल्यमा गिरावट
वि.सं.२०८२ असोज २१ मंगलवार १५:१५
shares

काठमाडौं, २१ असोज । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५८.५५ अंकले घटेर २,६०४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ६२ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सेन्चुरी डिबेन्चर २०८८का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।



















