उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८२ असोज २१ मंगलवार १५:२७
shares

काठमाडौं, २१ असोज । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५८.५५ अंकले घटेर २,६०४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ६२ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सेन्चुरी डिबेन्चर २०८८का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन एनआइसी एसिया ऋणपत्र २०८८का लगानीकर्ताले ९.११ प्रतिशतका दरले गुमाएका छन् भने १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले ९.०६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सिकलेस हाइड्रोपावरका लगानीकर्ताले ७.७२ प्रतिशतका दरले गुमाएका छन् भने थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले ६.६० प्रतिशतका दरले गुमाएका छन् ।



















