Dhulikhel Eco Banner new

शेयर बजारमा २३५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.79K
shares

काठमाडौं, २१ असोज । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५८.५५ अंकले घटेर २,६०४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ६२ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले ८.५७ प्रतिशतका दरले गुमाएका छन् भने ग्लोबल आइएमई समुन्नत योजनाका लगानीकर्ताले ७.३५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ७.२० प्रतिशतका दरले गुमाएका छन् भने पञ्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताले ६.८१ प्रतिशतका दरले गुमाएका छन् ।