Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, २,५०० भन्दा मुनि झर्यो नेप्से

4.24K
shares

काठमाडौं, ३० असोज । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १८.४० अंकले घटेर २,४८७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमालयन पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।