Dhulikhel Eco Banner new

हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा

3.07K
shares

काठमाडौं, ३१ असोज । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई कुल चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा तथा संचित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांश अन्तर्गत २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरिएको छ।

कम्पनीले सो लाभांश पारित गर्नका लागि कात्तिक ३० गते आइतबार बिहान १० बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२१, लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। उक्त मितिसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र लाभांश तथा सभामा भाग लिन योग्य हुनेछन्।

शेयरधनीहरूलाई प्रतिफल प्रदान गर्ने उद्देश्यसहित कम्पनीले यो निर्णय लिएको जनाइएको छ।