उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ कात्तिक ११ मंगलवार १५:१६
shares

काठमाडौं, ११ कात्तिक । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६२.२९ अंकले बढेर २,५७१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५७ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा ङादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन बुटवल पावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने एक्सल विकास बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी राधी विद्युतका लगानीकर्ताले ९.६० प्रतिशतका दरले कमाएका छन् भने लुम्बीनी विकास बैंकका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् ।


















