Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ७ कम्पनीका लगानीकर्ता बने मालामाल

2.02K
shares

काठमाडौं, १६ कात्तिक । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.७५ अंकले बढेर २,६३१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ९ अर्ब २० करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतचका दरले कमाएका छन् भने उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् ।