आइएमई जनरल र चिरआयु हस्पिटलबीच नगद रहित सेवा सम्झौता
वि.सं.२०७९ असार ९ बिहीवार १५:१५
shares

काडमाडौं, ९ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरआयु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिट्युट प्रा.लि बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरआयु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिट्युट प्रा.लि का अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमा सम्म चिरआयु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिट्युट प्रा.लि बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ ।
सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरआयु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिट्युट प्रा.लि ले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।















