Dhulikhel Eco Banner new

शेयर बजारमा २७ अंकको पहिरो, २६०० तल झर्यो नेप्से

3.02K
shares

काठमाडौं, १८ कात्तिक । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २७.६४ अंकले घटेर २,५९५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब १५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा माबीलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।