Dhulikhel Eco Banner new

नबिल बैंकले कमायो १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा

3.97K
shares

काठमाडौं, २० कात्तिक । नबिल बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिकसम्ममा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको पहिलो त्रैमासमा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो जसको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा घटेको हो।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २९.८३ रुपैयाँबाट घटेर २५.४९ रुपैयाँमा झरेको छ भने खराब कर्जा (एनपीएल) १.४२ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ। बैंकले असोज मसान्तसम्म ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको यसै अवधिसम्म बैंकले ४ अर्ब १४ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र रिजर्भमा ३२ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको छ। बैंकले ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।