Dhulikhel Eco Banner new

कालिका लघुवित्तले कमायो २ करोड ३ लाख रुपैयाँ खुद नाफा

1.99K
shares

काठमाडौं, २० कात्तिक । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको सोहिअवधिमो खुद नाफा १ करोड ७० लाख रुपैयाँको तुलनामा यस वर्ष १९.६३ प्रतिशतले खुद नाफा बढेको हो।

कम्पनीको सञ्चालन नाफा २ करोड ४२ लाख रुपैयाँबाट बढेर २ करोड ९० लाख रुपैयाँ पुगेसँगै वितरणयोग्य नाफा ५२ लाख रुपैयाँबाट ८४ प्रतिशतले बढेर ९६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खुद ब्याज आम्दानी ८ करोड २८ लाख रुपैयाँबाट ३१.३२ प्रतिशतले बढेर १० करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ९ करोड ७२ लाख रुपैयाँबाट बढेर १२ करोड १९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १८.२७ रुपैयाँबाट बढेर १९.९६ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२४ प्रतिशतबाट बढेर ६.४० प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९१.५१ रुपैयाँ रहेको छ। चुक्ता पूँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३७ करोड रुपैयाँ सञ्चिति रहेको छ।