Dhulikhel Eco Banner new

कृषि विकास बैंकको लाभांश घोषणा

2.68K
shares

काठमाडौं, २० कात्तिक । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ।

यी निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब बस्ने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुने बैंकले जनाएको छ ।