Dhulikhel Eco Banner new

नेपाली सेनामा ठूलो संख्यामा खुल्यो नयाँ सैनिक भर्ना

3.06K
shares

काठमाडौं, २८ कात्तिक । नेपाली सेनाले देशभरका विभिन्न पृतना, गण र बाहिनीहरूका लागि ठूलो संख्यामा सैनिक भर्ना प्रक्रिया सुरु गरेको छ। जंगी अड्डाले एकैपटक ३,६०० सैनिक पदका लागि दरखास्त आह्वान गर्दै नयाँ भर्ती अभियान सार्वजनिक गरेको छ।

नवीन भर्ना अभियानअनुसार उपत्यका पृतना, नारायणहिटीमा मात्रै ३५० जनाको कोटा तोकिएको छ। हालै राजनीतिक विवाद र आरोप–प्रत्यारोपको बीचमा राजधानीमै यति ठूलो संख्यामा नयाँ सैनिक माग गरिएको छ।

सबैभन्दा बढी पद उत्तरपश्चिम पृतना मुख्यालय, सुर्खेतका लागि खुलाइएको छ, जहाँ ४२५ जनाको भर्ना गरिनेछ। त्यस्तै, बुटवलस्थित मध्यपश्चिम पृतना मुख्यालयमा ३०० जनाको माग छ।

नेपालगञ्जको नम्बर–४ बाहिनी अड्डा र सुदूरपश्चिम पृतना मुख्यालय, भगतपुरमा २५०–२५० पद खुलाइएको छ। पूर्वी पृतना मुख्यालय, इटहरीमा २०० र विजयपुरस्थित पश्चिम पृतना मुख्यालयमा १७५ जना सैनिक दरखास्त आह्वान गरिएको छ।

साथै, भगतपुरमै रहेको नम्बर–२५ बाहिनी अड्डाले पनि १५० जना नयाँ सैनिक भर्ना गर्ने सूचना प्रकाशित गरेको छ।

सेनाले भनेको छ कि इच्छुक उम्मेदवारहरूले तोकिएको समयभित्र आवेदन पेश गर्न सक्नेछन् र भर्ना प्रक्रियामा योग्यता, स्वास्थ्य परीक्षण र शारीरिक परीक्षणका आधारमा छनोट गरिनेछ।