Dhulikhel Eco Banner new

वर्तमान अर्थतन्त्र निराशाजनक अवस्थामा छैनः अर्थमन्त्री खनाल

3.2K
shares

काठमाडौं, २९ कात्तिक । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रता कुण्ठित नगरी राज्यले मार्गदर्शन मात्र गर्ने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रको चरित्र समयसँगै बदलिँदै गएको र विगतका जस्ता सरकारी हस्तक्षेप अब प्रभावकारी नहुने जनाए।

अर्थमन्त्री खनालका अनुसार राजनीतिक तथा नीतिगत अस्थिरता नेपालको पुरानै समस्या हो र यो अहिलेको नयाँ चुनौती मात्र होइन। उनले प्रत्येक पाँच वर्षमा देशले कुनै न कुनै आर्थिक वा राजनीतिक दुर्घटना भोग्दै आएको उल्लेख गरे।

यद्यपि, उनले वर्तमान आर्थिक अवस्थालाई अत्यन्तै निराशाको अवस्थामा नरहेको स्पष्ट पार्दै उचित नीतिगत दिशानिर्देशन नहुँदा कहिलेकाहीँ समस्या देखिने बताए। आर्थिक र राजनीतिक नीतिमा देखिने विचलनले अस्थायी चुनौतीहरू उत्पन्न हुने उनको भनाइ थियो।