रोकियो नेप्सेको गिरावट , आज १३ अंकको वृद्धि
वि.सं.२०७९ असार १० शुक्रवार १३:१६
4.72K
shares
shares

काठमाडौं, १० असार । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक १३ दशमलव ७८ अंकले बढेको छ । यो हप्तामा दुई दिन मात्र नेप्सेमा सामान्य सुधार भएको हो ।
शुक्रबार नेप्से परिसुचक शुन्य दशमलव ७५ प्रतिशतले बढेर १८६२ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८१ अंकले बढेको छ । दिनभर भएका २२ हजार ८ सय ७४ कारोबारबाट २२३ कम्पनीका ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ पुगेको छ ।















