शेयर बजारमा ५ अर्ब ३३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ मंसिर २१ आइतवार १५:४८
5.49K
shares
shares

काठमाडौं, २१ मंसिर । शेयर बजारमा ५ अर्ब ३३ करोडको कारोबार हुँदा सागर डिस्टिलरीको सर्वाधिक कारोबार कारोबार भएको छ । उक्त कम्पनीको ४३ करोड ६९ लाख कारोबार भएको हो।
यसदिन ङादी ग्रुप पावरको ३२ करोड ५२ लाख रुपैयाँ कारोबार भएको छ भने बन्दीपुर केबलकारको १५ करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ।
त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ४९ लाखको कारोबार भएको छ भने हिमालायन रिइन्स्योरेन्सको १३ करोड ४० लाखको कारोबार भएको छ ।



















