Dhulikhel Eco Banner new

शेयर बजारमा २०४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.37K
shares

काठमाडौं, २१ मंसिर । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.४८ अंकले घटेर २६०९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ३३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा बुंगल हाइड्रोका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.५१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन माबीलुङ इनर्जीका लगानीकर्ताले ६.९८ प्रतिशतका दरले गुमाएका छन् भने सागर डिष्टीलरीका लगानीकर्ताले ६.९० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, मिथिला लघुवित्तका लगानकिर्ताले ५.९० प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले ५.२१ प्रतिशतका दरले गुमाएका छन् ।