दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर २१ आइतवार १५:१६
shares

काठमाडौं, २१ मंसिर । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.४८ अंकले घटेर २६०९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ३३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी ९ प्रतिशत आइसीएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८ का लगानीकर्ताले ३.८२ प्रतिशतका दरले कमाएका छन् ।



















