Dhulikhel Eco Banner new

शेयर बजारमा १६९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.94K
shares

काठमाडौं, २४ मंसिर । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.८६ अंकले घटेर २६०६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ७३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.३० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ज्योति विकास बैंक बन्ड २०८७का लगानीकर्ताले ५.८७ प्रतिशतका दरले गुमाएका छन् भने हिमस्टार उर्जाका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका छन् भने माबीलुङका लगानीकर्ताले ४.४९ प्रतिशतका दरले गुमाएका छन् ।