दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
वि.सं.२०८२ पुस १ मंगलवार १५:०६
shares

काठमाडौं, १ पुस । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १८.३७ अंकले बढेर २,६१९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.१६ प्रतिशतका दरले गुमाएका छन् ।



















