शेयर बजारमा ६१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ पुस १ मंगलवार १५:१९
shares

काठमाडौं, १ पुस । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १८.३७ अंकले बढेर २,६१९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.१६ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन १०प्रतिशत लक्ष्मी बैंक ऋणपत्र २०८६का लगानीकर्ताले ३.४९ प्रतिशतका दरले गुमाएका छन् भने निफ्रा ग्रीन एनर्जी डिबेंचरका लगानीकर्ताले २.८६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी बोर्टलर्स बालाजुका लगानीक्तर््ँल्े २ प्रतिशतका दरले गुमाएका छन् भने सिभिल बैंक ऋणपत्र २०८८का लगानीकर्ताले १.९९ प्रतिशतका दरले गुमाएका छन् ।



















