विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
वि.सं.२०८२ पुस २ बुधवार १४:५६
shares

काठमाडौं, २ पुस । विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा एनएमबि क्यापिटल लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यसहित लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस १४ गते एनएमबि बैंक बट्टार शाखाको सहकार्यमा नुवाकोटको विदुरस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरूका लागि लगानीसम्बन्धी चेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो। सोही दिन काठमाडौंको टङ्गालस्थित श्री टङ्गाल उच्च माध्यामिक विद्यालयहरूका लागि पनि यस्तै प्रकारको कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा ग्राहक सम्बन्ध, कस्टोडियन सेवा तथा डिपी सेवाका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का तथा पोर्टफोलियो सहायक बिकेश बाडले संयुक्त रूपमा नुवाकोटमा कार्यक्रम सञ्चालन गरेका थिए। त्यस्तै टङ्गालमा आयोजना गरिएको कार्यक्रममा स्कीम सहायकहरू लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले सहजीकरण गरेका थिए।
कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरूलाई पूँजी बजारका विभिन्न पक्ष, लगानीका माध्यम तथा वित्तीय अनुशासनबारे जानकारी गराइएको थियो। साथै अन्तरक्रियामार्फत विद्यार्थीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै कार्यक्रम समापन गरिएको थियो।
एनएमबि क्यापिटलले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय ज्ञान अभिवृद्धि भई भविष्यमा सचेत र जिम्मेवार लगानीकर्ताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



















