Dhulikhel Eco Banner new

शेयर बजारमा १९४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.38K
shares

काठमाडौं, ३ पुस । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.६६ अंकले घटेर २,६१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५७ करोडको कारोबार भएको हो ।

दोहारो अंकले घटेको शेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले ३.१३ प्रतिशतका दरले गुमाएका छन् भने एनएमबी ५०का लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी मोदी इनर्जीका लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका छन् भने सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले २.७१ प्रतिशतका दरले गुमाएका छन् ।