Dhulikhel Eco Banner new

बीमा कम्पनी बढिरहेँ, राम्रोसँग बढेन बीमाको पहुँच

14.9K
shares

काठमाडौं, ३ पुस । बीमाको इतिहास ७ दशक लामो छ । यो अवधिमा जसरी बीमा कम्पनीहरुको वृद्धि भयो त्यसरी बीमाको पहुँच भने बढ्न सकेको छैन ।

नेपाल इन्स्योरेन्स कम्पनीबाट सुरु भएको बीमा यात्रा पछि सरकारले धमाधम लाइसेन्स वितरण गर्दै ३९ वटा सम्म पुर्यायो । जीबन बीमा, निर्जिवन बीमा, पुनर्बीमा हुँदै लघुबीमाहरुको समेत छुट्टै लाइसेन्स दिइएको छ । अहिले सबै जोडेर बीमाको संख्या ३७ वटा पुगेको छ ।

बीमा प्राधिकरणका सूचना अधिकारी (उपनिर्देशक) पुर्ण बहादुर थापा नियामक निकायका हिसाबले आफूहरु बीमाको पहुँच बढाउन लागिरहेको बताउछन् । बीमाको पहुँच दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । उनले बीमाको पहुँच जनसंख्याको आधारमा ४७ प्रतिशत पोलीसी र जिडीपीको आधारमा ४ प्रतिशत पुगेको बताए ।

‘बीमा कम्पनी घट्दै गएको छ भने पहुँच बढ्दै गएको छ’ उनले भने, ‘जनसंख्याको आधारमा ४७ प्रतिशत पोलिसी पुगेको छ भने जिडिपीको आधारमा ४ प्रतिशत पुगेको छ ।’

प्राधिकरणले बीमाको पहुँच बढाउन के गर्दैछन् त भन्ने प्रश्नमा उनी भन्छन्, ‘बीमा पहुँच बढाउन प्राधिकरणले स्थानीय सरकार, प्रदेश सरकार र उद्योगव्यवसायीसँग अन्तरक्रिया हुदैछ ।’

निर्जिवन बीमक संघको अध्यक्ष विरेन्द्र बैधवार नेपालमा निर्जिवन बीमाको पहुँच १७/१८ प्रतिशत मात्र भएको बताउछन् । इन्स्योरेन्स कम्पनीहरूले डिजिटल मार्केटिङलाई प्राथमिकता दिए पनि अपेक्षाअनुसारको पहुँच विस्तार हुन नसकेको उनको भनाइ छ ।

“हाल नेपालमा १७.१८ प्रतिशत मात्र निर्जिवन बीमाको पहुँच छ,” उनले भने, “डिजिटल मार्केटिङ गरिँदै आए पनि त्यसको प्रभाव अपेक्षित रूपमा देखिएको छैन।”

उनका अनुसार जेनजी अघिका सरकारले बीमालाई आवश्यक प्राथमिकतामा नराख्दा बीमा क्षेत्र विस्तारमा चुनौती देखिएको हो । जेनजी पछिको सरकारले सार्वजनिक सम्पत्तिको बीमा गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन बजेटमा निर्भर रहने उनले उल्लेख गरे ।

“जेनजी अघिको सरकारले बीमालाई प्राथमिकतामा राखेन,” उनले भने, “जेनजी पछिको सरकारले सार्वजनिक सम्पत्तिको बीमा गर्ने भनेको छ, तर त्यसले वास्तविक रूप लिने–नलिने कुरा बजेटले नै तय गर्नेछ।”

लघुबीमक संघका अध्यक्ष चिरायु भण्डारी बीमा पहुँच दिनप्रतिदिन विस्तारै विस्तारै बढ्दै गएको बताउछन् । ‘एकैचोटी त होइन तर विस्तारै विस्तारै लघुबीमाको पहुँच बढ्दै गएको छ’ उनले भने ।

न्युन आय भएको सिमान्तकृत वर्गमा पनि बीमा सेवा विस्तार गर्दै अघि बढीरहेको उनको भनाई छ । उनले लघुबीमा पहुँच बढाउन ठाँउठाँउमा गएर अवयरनेस गर्दै लघुबीमाको परिचय दिएको बताए ।

बीमा आवश्यकता महसुस गर्ने काम गर्दा पनि प्रभावकारी हुन नसक्दा बीमा पहुँच नभएको उनको भनाइ छ । ‘ठाँउठाँउमा गएर अवयरनेस गर्दै लघुबीमाको परिचय दिदै आएका छौ’ उनले भने ‘बीमा आवश्यकता महसुस गर्ने काम गर्दा पनि प्रभावकारी हुन सकेको छैन्’ ।