Dhulikhel Eco Banner new

नेरुडेमिर्मिरे लघुवित्तको सीईओमा पौडेल नियुक्त

84.53K
shares

काठमाडौं, ३ पुस । नेरुडेमिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको संस्थाको सञ्चालक समिति बैठकले पौडेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

भोजराज बस्याल कार्यकाल पूरा गरेर बाहिरिए पछि नेरुडेमिर्मिरेको सीईओ पद रिक्त थियो । सीईओ बन्नका लागि २८ जनाले आवेदन दिएका थिए । २८ जनालाई पछि पार्दै सीईओ बन्न सफल पौडेल लघुवित्त क्षेत्रका परिचित र पूराना व्यक्ति हुन् ।

उनी यसअघि सम्पदा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत थिए । तत्कालीन सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त संस्थाको सफल मर्जर गराएका पौडेल मर्जरको केही समय काम गरेर संस्थाबाट बिदा भएका थिए । पौडेलको करिब ३ दशक लघुवित्त क्षेत्रमा काम गरेको अनुभव छ ।