Dhulikhel Eco Banner new

शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.34K
shares

काठमाडौं, ९ पुस । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.२७ अंकले बढेर २५८५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन कर्पोरेट विकास बैंकका लगानीकर्ताले ४.०४ प्रतिशतका दरले गुमाएका छन् भने सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी लुम्बिनी विकास बैंकका लगानीकर्ताले ३.५७ प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ३.३८ प्रतिशतका दरले गुमाएका छन् ।