Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब २२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.67K
shares

काठमाडौं, ९ पुस । शेयर बजारमा ३ अर्ब २२ करोडको कारोबार हुँदा एसवाई प्यानल नेपालको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १४ करोड ४९ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँ कारोबार भएको छ भने तेह्रथुम पावरको ९ करोड ५७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी ङादी ग्रुप पावरको ७ करोड ३४ लाख रुपैयाँ कारोबार भएको छ भने सिद्धार्थ बैंकको ६ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ ।