Dhulikhel Eco Banner new

डुब्न लागेको नगरकोट रिसोर्टले आईपीओ ल्याउने, लगानीकर्ताहरु डुब्ने खतरा

11.54K
shares

काठमाडौं, ९ पुस । नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको छ । तर, यहाँ रमाइलो कुरा चाहिँ डुब्न लागेको नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपैयाँबराबरको साधारण शेयर निष्काशन गर्ने भन्दै अनुमति माग गरेको छ । यो संस्थाको एनएमबि बैंकमा मात्रै १९ करोड ऋण छ । ऋण तिर्न नसकेर संस्था आफै समस्यामा छ । डुब्न लागेको रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि जारी गर्नेछ ।

रिसोर्टको साधारण शेयर निष्काशनको कार्य गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको छ भने कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ । पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ ।

नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।