Dhulikhel Eco Banner new

सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता

3.3K
shares

काठमाडौं, ९ पुस । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

डिल्लीबजार, काठमाडौंमा आयोजित एक समारोहमा सम्पन्न उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्ड लिमिटेडको सार्वजनिक शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सम्हाल्नेछ।

चितवनको सौराहामा अवस्थित होटल पार्क ल्याण्ड विगत १८ वर्षदेखि सञ्चालनमा रहेको छ। हाल ३२ कट्ठा क्षेत्रफलमा फैलिएको होटलमा ३२ वटा कोठा रहेका छन्। यो होटल सौराहा गैडाचोकबाट करिब ३५० मिटर दूरीमा अवस्थित छ।

होटलले आगामी दिनमा क्षमता विस्तार गर्दै क्षेत्रफल ४४ कट्ठा पुर्‍याई १०५ कोठा निर्माण गरी चारतारे स्तरको होटलमा रूपान्तरण गर्ने लक्ष्य लिएको जनाएको छ।