Dhulikhel Eco Banner new

किसानलाई कृषि सामग्री वितरण

7.46K
shares

काठमाडौं, १५ जेठ । रैनादेवीछहरा गाउँपालिकाले व्यावसायिक कृषिमा लागेका ५० भन्दा बढी किसानलाई कृषिजन्य सामग्री सहयोग गरेको छ । ५० प्रतिशत अनुदानमा मौरीको घार, खाल्डो खन्ने मेसिन, डिजिटल तराजु, मल्चीङ्ग प्लास्टिक, प्लास्टिक टनेल, थोपा सिँचाइ पाइपलगायतका सामग्री सहयोग गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानलाई व्यावसायिक बनाउन र पालिकाको समृद्धिका लागि कृषिका कार्यक्रममा जोड दिएको । आगामी वर्षको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएर कृषकलाई प्रोत्साहन गर्नेसमेत बताए ।

कृषिलाई उत्पादनमुखी बनाउन कृषकलाई आवश्यक पर्ने बीउविजन, प्राविधिक सहयोग, औजार उपकरण सहयोगदेखि तालिमसम्मको व्यवस्थापन गरी अघि बढ्ने पालिकाले जनाएको छ ।

रम्भामा निःशुल्क दुर्घटना बीमादेखि एकल पुरूषलाई भक्ता

जिल्लाको रम्भा गाउँपालिकाले निःशुल्क दुर्घटना बीमा र एकल पुरुषलाई भक्ता दिने भएको छ । नवनिर्वाचित पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदभार ग्रहण गर्दै पालिकावासीको हितका लागि दुर्घटना बीमादेखि एक पुरुषलाई भक्ता दिने कार्यक्रम अगाडि बढाउने जानकारी दिए।

गाउँपालिका भित्र बसोबास गर्ने नागरिकलाई रु एक लाखसम्मको दुर्घटना बीमा गर्ने गरिने छ । दुर्घटनामा परी घाइते भएका व्यक्तिले अस्पतालमा उपचारबापतको रु एक लाख वा मृत्यु भएमा घरपरिवार आफन्तलाई रु एक लाख रकम गाउँपालिकाले प्रदान गर्ने कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाले निकालेको तथ्याङ्कअनुसार रम्भामा २५ हजार ९९० जनसङ्ख्या रहेको छ । उनीहरु सबैको दुर्घटना बीमा हुनेछ । यसअघि पनि गाउँपालिका भित्रका विद्यार्थी, शिक्षक तथा कर्मचारीको दुर्घटना बीमा कार्यक्रम पालिकाले ल्याएको थियो ।

यहाँ रहेका सबै एकल पुरुषहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने निर्णयसमेत भएको छ । पालिकाले कार्यविधि बनाएर सबै एकल पुरुषहरुलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । अहिले पालिकामा एकल महिला तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले मात्र सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए ।