हिमालयन र सिभिल बैंकबीच मर्ज सम्झौता हुँदै
वि.सं.२०७९ असार २२ बुधवार ०८:२१
shares

काठमाडौं, २२ असार । हिमालयन र सिभिल बैंकबीच आज मर्जर सम्झौता हुने भएको छ । दुबै बैंकको मर्जर कमिटीबीच १००ः८१ को स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको र आज सम्झौतामा हस्ताक्षर हुने भएको हो ।
हिमालयन बैंकले करिब ४ महिनादेखि सिभिलसंग मर्जरको नेगोशिएसन गरिरहेको थियो । नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर भाडिएपछि उसले सिभिलसग नेगोशिएसन शुरु गरेको थियो । करिब २ बर्ष अघि हिमालयनले इन्भेस्टमेन्ट भन्दा पहिले सिभिल बैंकसग मर्जरको छलफल गरेको थियो ।
त्यतिबेला सिभिलले ६५ प्रतिशत स्वाप रेसियो डिमाण्ड गरेपछि हिमालयनले मर्जरको तोडेको थियो । तर, मर्जरको प्रक्रिया रद्द गर्दा राष्ट्र बैंकको कार्वाहीमा परेको हिमालयनसँग डिमाण्ड उच्च बनाउँदै सिभिलले ९० प्रतिशत स्वाप रेसियो माग्दै नेगोशिएसन गरिएको थियो । हिमालयनले ७५ प्रतिशत प्रस्ताव गर्दा पनि सिभिलले कम्तीमा ८५ प्रतिशत भन्दै अडान लिए पछि ८१ प्रतिशतमा कुरा मिलेको हो ।















