Dhulikhel Eco Banner new

गभर्नरलाई कार्यालय प्रवेशमा रोक लगाउँदै विद्यार्थी

4.89K
shares

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीलाई विद्यार्थी संगठनले कार्यालय प्रवेशमा रोक लगाएका छन् । नेकपा एमालेको अर्थ समिति सदस्यमा रहेको भन्दै सत्तारुण गठबन्धनका विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका छन् ।

विरोध स्वरुप आईतबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्रको सङ्गठन अखिल क्रान्तिकारीले विरोध गर्ने भएका छन् । गभर्नर कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाईने व्यवस्था रहेता पनि गभर्नर अधिकारी एमालेको सदस्य भएको भन्दै सत्तारुण दलका विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका हुन ।

विरोध स्वरुपमा दुबै विद्यार्थी संगठनले आइतबार बिहान १० बजे नेपाल राष्ट्र बैकको गेट घेरेर गभर्नर अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरेका छन् ।

त्यस्तै अवैध गभर्नर बर्खास्तीको माग गर्दै अखिल (क्रान्तिकारी ) र योङ कम्युनिष्ट लिगको संयुक्त आयोजनामा आज हपरान्ह बजे माईतिघर मण्डलामा प्रदर्शन कार्यक्रम समेत रहेको छ ।