Dhulikhel Eco Banner new

२६ प्रतिशतले घट्यो समता घरेलु लघुवित्तको नाफा

6.54K
shares

काठमाडौं, १७ साउन । गत आर्थिक वर्षमा समता घरेलु लघुवित्तको नाफा घटेको छ । लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २६.४३ प्रतिशतले घटेको हो ।

संस्थाले गत आर्थिक वर्षमा ७ करोड ९७ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १० करोड ८३ लाख ६१ हजार रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा संस्थाले २२ करोड ४७ लाख ३३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.६८ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीले २० करोड ४९ लाख ३ हजार रूपैयाँ खुद ब्याज आम्दानी थियो ।

त्यस्तै, लघुिवत्तको कुल सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा ११.३० प्रतिशतले बढेको छ । गत आवमा संस्थाले २९ करोड ४५ लाख ८७ हजार रूपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाको यस्तो आम्दानी २६ करोड ४६ लाख ८७ हजार रूपैयाँ मात्रै थियो ।

संस्थाको सञ्चालन नाफा भने अघिल्लो आवको तुलनामा ९३.१२ प्रतिशतले बढेको छ । गत आवमा संस्थाको सञ्चालन नाफा ४ करोड १६ लाख ३२ हजार रूपैयाँ छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा अघिल्लो आवमा २ करोड १५ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

अघिल्लो आवको तुलनामा लघुवित्तको सापटी २४.२८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ६६ लाख २० हजार रूपैयाँ पुगेको छ । गत आवमा संस्थाको निक्षेप १४.४२ प्रतिशतले बढेको छ ।