Mangaldeep Aagarbatti
GBIME

नबिल बैंकको न्यूरोड शाखा हटाउन मेयर साहको निर्देशन

804
shares

काठमाडौं, ८ भदौ । नबिल बैंकको न्यूरोड शाखा पनि हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । बुधबार महानगरपालिकाका मेयर बालेन साहले बैंकलाई सो निर्देशन दिएका छन् । बैंकको उक्त शाखा नक्सापास विपरित बनाएको भन्दै साहले निर्देशन दिएका हुन् ।

बुधबार मेयर बालेन अवैधानिक रुपमा बनेका संरचना हटाउन र निरीक्षण गर्न न्यूरोड गएका थिए । सोहि क्रममा काठमाडौं मल, आरबी कम्प्लेक्स हुँदै दरबारमार्ग र कोटेश्वरसम्म मेयर बालेन पुग्ने भएका छन् ।

महानगरपालिकाका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचना भत्काउन महानगरपालिकाले डोजर चलाएको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100