GBIME

खप्तड लघुवित्तको आईपीओमा एकैदिन ३५ गुणा बढी आवेदन

1.14K
shares

काठमाडौं, ८ भदौ । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ः५ बजेसम्ममा ३ लाख ८१ हजार ७८२ जना आवेदनक बाट ४३ करोड ३८ लाख ९४ हजार रुपैयाँ बराबरको ४३ लाख ३८ हजार ९४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको लाख २३ हजार ४०० कित्ता शेयरको ३५.१६ गुणा बढी हुन आउछ ।
लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०।५ प्रतिशत आर्थत २ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने १ लाख २३ हजार ४०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार ३२० कित्ता अर्थात एक लाख ३२ हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा भदौ १२ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ ।

लघुवित्तको अधिकृत पूँजी १० करोड रुपैयाँ, जारी पूँजी ४ करोड रुपैयाँ र चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।