यी हुन आज शेयर बजारबाट धेरै गुमाउने कम्पनी
वि.सं.२०७९ भदौ ८ बुधवार १७:२९
shares

काठमाडौं, ८ भदौ । शेयर बजार कारोबार हुने हप्ताको चौथो दिन नेप्से परिसूचक सामान्य रुपमा बढेको छ । अघिल्लो दिनकोभन्दा २ दशमवल ८७ अंकले बढेको शेयर बजार २०५७ दशमलव ८५ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि सामान्य सुधार भएको नेप्सेमा बुधबार पनि सोही अनुसारको वृद्धि देखिएको हो ।
नेप्से सामान्य रुपमा बढेको दिन सिद्धार्थ इक्युटी फण्डको मूल्य ३.५८ प्रतिशतले घटेको छ । यो फण्डको मूल्य ०.३२ रुपैयाँले घटेर ८ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै बुधबार गोर्खार्ज फाइनान्सको शेयर मूल्य २.३६ प्रतिशले घटेको छ । फाइनान्सको शेयर मूल्य १४ रुपैयाँले घटेर ५७९ रुपैयाँ पुगेको छ ।
त्यस्तै एनएलजी इन्स्योरेन्सको शेयर मूल्य पनि २ं३१ प्रतिशतले घटेर ५०८ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनकोभन्दा १२ रुपैयाँले कम हो । कुमारी इकयुटी फण्डको मूल्यमा पनि २.१६ प्रतिशतले गिरावट आएर ८ रुपैयाँ ६१ पैसा पुगेको छ । यो अघिल्लो दिनको कारोबारभन्दा ०.१९ रुपैयाँले कम हो । सामुदायीइक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पनि २ प्रतिशतको गिरावट आएको छ । अघिल्लो दिनको भन्दा २९ रुपैयाँ घटेको सस्थाको शेयर मूल्य १ हजार ४२० रुपैयाँमा झरेको हो ।
यता सानिमा लार्ज क्याप फण्डको मूल्यमा पनि १.९१ प्रतिशतले गिरावट आएको छ । अघिल्लो दिनकोभन्दा ०.१६ रुपैयाँले घटेर ८ रुपैयाँमा कारोबार भएको छ । जनउथान सामुदायीक लघुवित्त वित्तीय संस्था पनि आज सबैभन्दा धेरै गुमाउने कम्पनीको शिर्ष १० भित्र परेको छ । संस्थाको शेयर मूल्यमा १.९२ प्रतिशतले गिरावट आएर १ हजार ७९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनकोभन्दा ३५ रुपैयाँले कमी हो ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको १.८४ प्रतिशत, बोटल्स नेपालको १.७७ प्रतिशत र एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्यमा १.६९ प्रतिशतले गिरावट आएको छ । सप्तकोशीको शेयर मूल्य ४ रुपैयाँ ७० पैसाले घटेर २५१ रुपैयाँ ३० पैसा, बोटल्स नेपालको २४५ रुपैयाँले घटेर १३ हजार ५८५ र एनआईसी एशिया ब्यालेन्स फण्डको ०.१८ रुपैयाँले घटेर १० रुपैयाँ ४७ रुपैयाँमा पुगेको छ ।



















