यी हुन शेयर बजारबाट आज धेरै कमाउने १० कम्पनी
वि.सं.२०७९ भदौ ८ बुधवार १७:२७
shares
काठमाडौं, ८ भदौ । शेयर बजार कारोबार हुने हप्ताको चौथो दिन नेप्से परिसूचक सामान्य रुपमा बढेको छ । अघिल्लो दिनकोभन्दा २ दशमवल ८७ अंकले बढेको शेयर बजार २०५७ दशमलव ८५ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि सामान्य सुधार भएको नेप्सेमा बुधबार पनि सोही अनुसारको सुधार भएको हो ।
आज शेयर बाजमार सबैभन्दा धेरै मन्दाकीन हाइड्रो पावरको शेयरमा वृद्धि भएको छ । यो कम्पनीको शेयर १० प्रतिशतले बढेको हो । अघिल्लो दिनकोभन्दा ३८ रुपैयाँ २० पैसाले बढेर ४२० रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै अपार हेवाखोलाको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर ३३१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनकोभन्दा ३० रुपैयाँ १० पैसाले बढी हो । बुधबार रुरु लजविद्युत परियोजनाको शेयर मूल्यमा पनि ५.८६ प्रतिशले वृद्धि भएर ९६३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनकोभन्दा ५३ रुपैयाँ ३० पैसाले बढी हो ।
बुधबार धेरै वृद्धि हुने कम्पनीमा अरुण कावेली पावर लिमिटेट पनि रहेको छ । यो कम्पनीको शेयर मूल्यमा २४ रुपैयाँ १० पैसाले वृद्धि भएर ४८३ रुपैयाँ पुगेको छ । यो ५.२५ प्रतिशले बढी हो । त्यस्तै सिन्ध विकास बैंकका शेयर धनीहरुले पनि आज ४.६२ प्रतिशतले कमाएका छन् । बैंकको शेयर मूल्य १३ रुपैयाँ ९० पैसाले बढेर ३१४ रुपैयाँ ८० पैसामा कारोबार बन्द भएको छ ।
त्यस्तै अपर सोलु आइड्रोपावर इलेक्ट्रोनिक लिमिटेडको शेयर मूल्य ३.९९ प्रतिशतले बढेर ४०४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनकोभन्दा १५ रुपैयाँ ५० पैसाले बढी हो । कुमारी धनवृद्धि योजनाको मूल्यमा ३.९५ प्रतिशतले वृद्धि भएर ८ रुपैयाँ ९४ पैसाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ०.३४ रुपैयाँले बढी हो ।
त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाको ३.८६ प्रतिशत, न्यादी हाइड्रपावरको ३.८६ प्रतिशत र स्वत गंगा हाइड्रोपावरको शेयर मूल्यमा ३.७५ प्रतिशतले वृद्धि भएको छ । गुराँशको शेयर मूल्य ३९ रुपैयाँले बढेर १ हजार ५०, न्यादीको १३ रुपैयाँले बढेर ३५३ र स्वत गंगाको १२ रुपैयाँले बढेर ३३२ रुपैयाँ कायम भएको छ ।



















