Dhulikhel Eco Banner new

ऋणपत्र जारी गर्दै कुमारी बैंक

4.5K
shares

काठमाडौं, ८ भदौ । कुमारी बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ११५ केविएल डिवेन्चर २०८९ जारी गर्ने लागेको हो ।

भदौ १ गते बैंकलाई १ हजार रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।

उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने गरिने बैंकले जनाएको छ । यस ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सार्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामूहिक लगानी कोषलाई छुट्ट्याएको ५५ अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामूहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सोलाई समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ ।

सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम १२ लाख आवेदन दिन सकिने बैंकले जनाएको छ ।