राससले स्वरोजगारमूलक सञ्चार माध्यमलाई सहुलियत दिने
वि.सं.२०७९ भदौ ८ बुधवार १९:१९
4.95K
shares
shares

काठमाडौं, ८ भदौं । राष्ट्रिय समाचार समिति९रासस०ले श्रमजीवी पत्रकार ऐनमा उल्लेख भएअनुसार स्वरोजगारमूलक मिडियाको प्रवद्र्धनका लागि राहत दिने भएको छ । रासस सञ्चालक समितिको बैठकले स्वरोजगारमूलक सञ्चार माध्यमलाई सहयोग गर्ने उद्देश्यले त्यस्ता माध्यमलाई राससको सेवा लिएवापत तिर्नुपर्ने शुल्कमा पुनरावलोकन गर्न सहमति दिएको हो ।
राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाको अध्यक्षतामा आज बसेको बैठकले सेवाग्राही विस्तार तथा समाचार सेवा शुल्क निर्धारण निर्देशिका मस्यौदामाथि छलफल गरी अध्ययनको प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।


















