GBIME

श्रृजनशील लघुवित्तको आईपीओ आज बाँडफाँट हुदै

1.1K
shares

काठमाडौं, २७ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ (आज) सोमबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा आईपीओ बाँडफाँट गरिने भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यस कम्पनीको आईपीओ ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् । कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

कुल कित्तामध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।