Dhulikhel Eco Banner new

एनसीसी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा आकर्षक छुट

4.68K
shares

काठमाडौं, १२ असोज । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ ।

सम्झौता अनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवम् एनसीसी बैंकका कर्मचारीहरुलाई फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ भने आवास सुविधामा २० प्रतिशतको छुट दिने भएको छ । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत देशका विभिन्न स्थानमा होटल एवम् रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरु रहेका छन् ।

सिद्धार्थ होटल न्यु आनन्द महेन्द्रनगर, सिद्धार्थ होटल टिकापुर कैलाली, सिद्धार्थ होटल नेपालगंज, सिद्धार्थ कटेज एण्ड होटल बुटवल, सिद्धार्थ होटल वाटर टावर नुवाकोट, सिद्धार्थ होटल ग्राण्ड सिटी विर्तामोड, सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौँ, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ रिसोर्ट चिसापानी कैलाली, सिद्धार्थ लुम्बीनी ग्रिन रिसोर्ट चन्द्रौटा, सिद्धार्थ इन्टरनेशनल होटल भैरहवा, सिद्धार्थ रिभरसाइड रिसोर्ट चुम्लिङ्टार चितवन, सिद्धार्थ कटेज रेस्टुरेन्ट नेपालगंज, सिद्धार्थ कटेज रेस्टुरेन्ट धोविघाट ललितपुर, सिद्धार्थ कटेज रेस्टुरेन्ट बुटवल, सिद्धार्थ कटेज रेस्टुरेन्ट पुरानो वानेश्वर, सिद्धार्थ कटेज रेस्टुरेन्ट तिनकुने काठमाडौँ , एस क्याफे कोहलपुर, एस क्याफे नेपालगंज र एस क्याफे सुविधानगर तिनकुने गरी देशभर रहेका २० वटा स्थानबाट तोकिएको छुट सुविधा प्राप्त गर्न सकिने भएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।