Dhulikhel Eco Banner new

मर्जर सम्बन्धी विनियमावली संशोधन, मर्जरमा जाने बैंकहरुको कारोबार रोक्का नहुने (संशोधित विनियमावली सहित)

5.33K
shares

काठमाडों, २७ असोज । अब मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुको शेयर कारोबार रोक्का नहुने भएको हो । नेपाल राष्ट्र बैंकले बिहिबार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ मा संशोधान गर्दै शेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको हो ।

संशोधन सहितको मर्जर तथा एक्विजिशन सम्बन्धी विनियमावली, २०७३ ले आपसमा गाभ्ने वा गाभिने प्रारम्भिक सम्झौता पछि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु नपर्ने व्यवस्था गरेको छ । यो विनियमावली संशोधन नहुँदासम्म मर्जरमा जाने सम्झौता भए पछि राष्ट्र बैंक र धितोपत्र बोर्डमा एकै पटक निवेदन दिनु पर्ने व्यवस्था रहेको थियो ।

मर्जर तथा प्राप्ति प्रक्रिया सम्पन्न नहुँदासम्म शेयरका रोबार रोक्का हुने व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुका लगानीकर्ताको अर्बौंको सम्पत्ति फ्रिज भएको गुनासो लगानीकर्ताहरुले गर्दे आएका थिए । सोही गुनासो सम्बोधन गर्दे बोर्डको अनुरोधमा राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको शेयर कारोबार रोक्का सम्बिन्ध निर्णय बोर्डले नै गर्ने व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत् गरिएको थियो । जारी विनियवाली भोली (शुक्रबार) देखि नै कार्यान्वयनमा आउने छ ।