कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत
वि.सं.२०७९ कात्तिक २८ सोमवार १४:०६
4.81K
shares
shares

काठमाडौं, २८ कात्तिक । कुमारी बैंकको ३० लाख कित्ता डिबेञ्चर सोमवार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले १० वर्ष अवधि भएको ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्र सूचीकृत गराएको हो ।
अब यो डिबेञ्चर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल केबिएल ८९ रहेको छ ।


















