खप्तड लघुवित्तको शेयर सूचीकृत
वि.सं.२०७९ कात्तिक २८ सोमवार १४:११
shares

काठमाडौं, २८ कात्तिक । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) सोमवार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले ४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । अब कम्पनीको शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले १०१ दशमलव शून्य ७ देखि ३०३ दशमलव २१ ओपन रेञ्ज तोकेको छ ।
नेप्सेले पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि निष्कासन गरेको १ लाख ३२ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको २ लाख ६८ हजार कित्ता गरी कुल ४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको छ ।


















