Dhulikhel Eco Banner new

पहिलो त्रैमासिकमा ७ लघुवित्तको नाफा बढ्दा ५ कम्पनी नोक्सानीमा

4.06K
shares

काठमाडौं, २९ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७ वटा लघुवित्त वित्तीय संस्थाले मात्रै नाफा बढाउन सफल रहेका छन् । पहिलो त्रैमासिकको अपरिष्कृत वितिय विवरण अनुसार ७ वटा कम्पनीले नाफा बढाएका हुन् । त्यस्तै ५ वटा लघुवित्त नोक्सानीमा जाँदा २३ वटा कम्पनीको नाफा घटेको छ ।

लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा कमाउन सफल ७ वटा कम्पनीमा नेष्डो समृद्धि लघुवित्त, छिमेक लघुवित्त, फस्र्ट माइक्रो फाइनान्स, उपकार लघुवित्त, नेष्डो समृद्धि, आरएमडिसि लघुवित्त, गणपति माइक्रो फाइनान्स र आरएसडिसि लघुवित्त रहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा फस्र्ट माइक्रो फाइनान्सको नाफा ६१.७९ प्रतिशत, छिमेक लघुवित्तको नाफा ५३.७१ प्रतिशत, नेस्डो समृद्धि लघुवित्तको नाफा ११.३० प्रतिशत र उपकार लघुवित्तको नाफा ३.८९ प्रतिशतले बढेको छ । यस्तै, गत आवको सोही अवधिको तुलनामा आरएमडिसि लघुवित्तको नाफा ५४.१६ प्रतिशत, गणपति माइक्रो फाइनान्सको लघुवित्तको नाफा १५४.६९ प्रतिशत र आरएसडिसी लघुवित्तको नाफा १०१.९८ प्रतिशतले छ ।

त्यस्तै चालु आर्थिक वर्षको सुरुका तीन महिनामा नोक्सानीमा रहेका पाँच कम्पनीमा ग्रामिण विकास लघुवित्त, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, यूनिक नेपाल लघुवित्त र एनएमबी लघुवित्त रहेका छन् । यी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ग्रामिण विकास लघुवित्तले १ करोड १८ लाख ३५ लाख रुपैयाँ नोक्सानीमा छ । त्यस्तै गुराँस लघुवित्त ६० लाख २२ हजार रुपैयाँ नोक्सानमा छ । यस्तै, चालु आवको पहिलो तीन महिनाको अवधिमा स्वाभिमान लघुवित्तले ६७ लाख ८२ हजार रुपैयाँ, यूनिक लघुवित्त नेपालले २७ लाख ७५ हजार रुपैयाँ र एनएमबी लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानी ब्यहोरेका हुन् ।

३५ वटा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफा घटेको छ । यो अवधिमा २३ वटा कम्पनीको नाफा घटेको हो । जसमा एनआइसी एशिया लघुवित्त, सिवाईसी लघुवित्त, महुलि लघुवित्त, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नाफा घटाएका छन् । त्यस्तै सिभिल लघुवित्त, समिट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, आँधिखोला लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, कालिका लघुवित्त, सपोर्ट लघुवित्त, जीवन विकास लघुवित्त, समता घरेलु लघुवित्त, निर्धन उत्थान लघुवित्त, मिर्मिरे लघुवित्त, श्रृजनशिल लघुवित्त, डिप्रोक्स लघुवित्त, मेरो माइक्रो फाइनान्स, आर्दश लघुसिवत्त र धौलागिरी लघुवित्तको नाफा घटेको चालु आर्थिक वर्षको तीन महिनामा घटेको छ ।

गत आवको सोही अवधिको तुलनामा एनआईसी एशिया लघुवित्तको नाफा ६८.१८ प्रतिशत, सिवाइसी लघुवित्तको नाफा ४४.७३ प्रतिशत, महुलि लघुवित्तको नाफा ७८.२७ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको नाफा ५८.१५ प्रतिशत, सिभिल लघुवित्तको नाफा ४९.४९ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको नाफा ६९.४६ प्रतिशत, समिट लघुवित्तको नाफा ५२.८१ प्रतिशत, आधिखोला लघुवित्तको नाफा ७८.७१ प्रतिशत, आशा लघुवित्तको नाफा ६३.७५ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको नाफा ५५.०५ प्रतिशत र कालिका लघुवित्तको नाफा ७२.७८ प्रतिशतले घटेको छ ।

यस्तै, सपोर्ट लघुवित्तको नाफा ६७.६८ प्रतिशत, जिवन विकास लघुवित्तको १६.३८ प्रतिशत, मिथिला लघुवित्तको ७८.५९ प्रतिशत, नेरुडे लघुवित्तको नाफा ६४.१५ प्रतिशत, समाता घरेलु लघुवित्तको नाफा ६३.७२ प्रतिशत, निर्धन उत्थान लघुवित्तको नाफा ३.८ प्रतिशत, मिर्मिरे लघुवित्तको नाफा ४९.३९ प्रतिशत, श्रृजनशिल लघुवित्तको नाफा ३२.८९ प्रतिशत, डिप्रोक्स लघुवित्तको नाफा ४२.८९ प्रतिशत, मेरो माइक्रो फाइनान्सको नाफा ८४.३७ प्रतिशत, आर्दश लघुवित्तको नाफा ४७.८३ प्रतिशत र धौलागिरी लघुवित्तको नाफा ५३.२० प्रतिशतले घटेको हो ।

३५ वटा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासिकमा १ अर्ब १६ करोड ६० लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३५ वटा कम्पनीहरुले १ अर्ब ९८ करोड ३ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।