Dhulikhel Eco Banner new

एक हप्तामा ४ अर्बले बढ्यो बैंकको निक्षेप संकलन

5.19K
shares

काठमाडौं, ११ मंसिर । बैंकहरुमा पछिल्लो एक हप्तामा निक्षेप संकलन ४ अर्बले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार मंसिर ९ गतेसम्मको अवस्थामा बैंकमा ४ अर्ब निक्षेप संकलन थपिएको हो ।

मंसिर २ गतेसम्म ४५ खर्ब ५९ अर्ब निक्षेप संकलन रहेको थियो भने मंसिर ९ गतेसम्म ४५ खर्ब ६२ खर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकहरुको कर्जा लगानी ३ अर्बले बढेको तथ्यांकले देखाएको छ ।

मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब लगानी गरेकामा बैंकहरुले मंसिर ९ गतेसम्म ३ अर्ब रूपैयाँले कर्जा विस्तार गर्दै ४२ खर्ब २२ अर्ब लगानी गरेका छन् ।